Home » » एक कप कफीको ११ हजार

एक कप कफीको ११ हजार


काठमाडौं । हामी एक कप कफीको कति रुपैया तिर्छौ, बढीमा पाँचसय । तर इन्डोनेसियाको सुमात्रामा बन्ने एक कप कफीको एकसय २० अमेरिकी डलर पर्छ । यसको नेपाली रुपैया ११ हजार भन्दा बढी पर्न आउँछ । सुमात्रामा यो कफीको मुल्य एक पाउन्डको एकहजार अमेरिकी डलर तोकिएको छ ।

स्थानीय भाषामा यस कफीको नाम ‘कोपी लुवाक’ राखिएको छ । यो कफी उत्पादन तरिका पनि अजीवको छ । खासमा बिरालो जस्तै देखिने जनवार ‘प्याराडोक्सुरस’ ले यो कफी उत्पादन गरेको समाचार एजेन्सीमा जनाइएको छ ।

उनीहरुका अनुसार ती जनवारले कफी, चेरी का वियाँ खान्छन् । नपचेका वियाँहरु पाचनप्रणाली मार्फत बाहिरिन्छन् । तिनै वियाँलाई सँगालेर साफ गरेपछि कफी तयार हुन्तछ । ती जनवारको पेटमा रहदाँ वियाँमा रसायनिक उपचारले कफी निकै स्वादिलो र बासनादार राम्रो हु
ने बताइएको छ ।

0 comments:

Post a Comment

Find Us On Facebook