|
धेरैले भन्ने गर्छन् महिलाहरुलाई बुझ्न निकै कठिन हुन्छ । हुन पनि हो, महिलाहरुले के चाहन्छन् त्यसको उत्तर धेरै मानिसलाई थाहा नहोला तर पनि पुरुष मित्रहरु धेरै नआत्तिनुहोस्, यहाँ यस्ता कुराहरु दिइएका छन् जसले तपाईंलाई महिलाहरुलाई के मनपर्छ भन्ने कुराको जानकारी दिन्छ ।
सुपरम्यानः
महिलालाई आफ्नो पुरुषले सधैँ सुरक्षा देओस् भन्ने चाहन्छिन् त्यसैले पुरुष
दुःख परेको बेलामा साथ दिने व्यक्तिप्रति महिला सधैँ आभारी हुन्छिन् त्यसैले उनलाई सक्दो सहयोग र रक्षा गर्नुहोस् ।
राम्रो सुगन्धः
हामीले टी.भीमा बडि स्प्रेको विज्ञापन हेरेकै छौँ । जसमा पुरुषले बडी स्प्रे लगाउने बित्तिकै महिलाहरु प्छि लाग्ने गरेको देखाइन्छ । यो कुरा साँचो हो । आफूलाई मिल्दो बडी स्प्रे छनोट गर्नुहोस् । यदि तपाईं पहिलो पटक डेटिङमा जाँदै हुनुहुन्छ भने आफूलाई मिल्दो बडी स्प्रेमा जानुहोला । यो हुन्छ कि त्यो हुन्छ कि भनेर जुन पायो त्यहि नलगाउनुहोस् किनभने तपाईंको शरिरबाट आएको गन्धले नै तपाईंको व्यक्तित्व झल्काउँछ ।
धेरै सरप्राइजः
महिलाहरु चक्लेट, नोट, उपहार र फूलहरुमा सरप्राइज चाहन्छन् । त्यसको संख्यामा उनीहरुको चासो हुँदैन मात्र सरप्राइजलाई मन पराउँछन् ।
पारदर्शिताः
यदि सम्बन्धमा रहिरहन चाहनुहुन्छ भने उनीसँग कहिले झुटो नबोल्नुहोला । साँचो बोल्दा कहिले गाह्रो भएपनि नडराउनुस् पछि तपाईंकै जीत हुनेछ ।
परफेक्ट शरिरः
सेलिब्रिटिहरुको गठिलो ज्यानले नै उनीहरुलाई केहि हदसम्म चर्चा दिएको हुन्छ त्यसैले महिलाहरुले पनि आफ्नो पुरुषको मिलेको ज्यान होस् भन्ने चाहन्छन् । पुरुष मित्रहरुले अब आफ्नो शरिरको बारेका याद गर्नैपर्ने हुन्छ । शरिरलाई व्यवस्थित राख्न नियमित रुटिन बनाउनुहोस् ।
राम्रो ड्रेसअपः
फेशनको दुनियाँमा आफूलाई अपटुडेट राख्नुहोस् । राम्रो ड्रेसअपले तपाईंको नजिकको मानिसलाई आकर्षित गरेको हुन्छ ।
सुहाउँदो हेयरस्टाइलः
सुहाउँदो हेयरस्टाइलले तपाईंको लुक्समा धेरै परिवर्तन ल्याउँछ । आफूलाई सुहाउने हेयरस्टाइल के हो, त्यसैलाई अपनाउनुहोला ।
तपाईंको हातको जादुः
तपाईंले आफ्नो गर्लफ्रेडलाई चर्चित रेष्टुरेन्टमा लग्नुभएको होला तर यदि उनको मनपर्ने खानेकुरा अथवा चाउचाउ उमालेर मात्र दिनुभयो भने उनलाई एकदम खुसी लाग्ने छ र यस्तो क्षणलाई कहिले पनि बिर्सने छैनन् ।
|
0 comments:
Post a Comment