|
कक्षा १० अध्ययनका क्रममा ट्युसन पढाउने शिक्षकसँग प्रेम गर्न पुगेछु। त्यो बेला म १६ वर्षकी थिएँ। उहाँ मेरो घरमा ट्युसन पढाउन आउनुहुन्थ्यो। प्रत्येक दिनजसो मेरो कोठामै हामीबीच यौनसम्पर्क हुन्थ्यो। ती शिक्षकलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्थ्यो र मेरो पढाइको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनुभएको थियो। त्यसैले हामीबीच त्यस्तो सम्बन्ध होला भनेर उहाँहरू कल्पना पनि गर्न सक्नुहुन्नथ्यो। ती शिक्षक विवाहित एवं केही पाको उमेरको हुनुहुन्छ। आजभोलि मलाई उहाँसँग सम्पर्क गर्न मन लाग्न छाडेको छ। विगतको घटना सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?
केजी
तपाईं सानो उमेरमा प्रेममा परिसक्नुभएको रहेछ। किशोर अवस्था अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा के ठीक के गलत भन्ने कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेम सम्बन्ध फरक कुरा हुन्। यो उमेरमा तपाईंसँग घटेको घटना अस्वाभाविक होइन।
प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज एवं परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने बाध्यता छ। यसैभित्र आफ्ना व्यक्तिगत मापदण्ड बनाएर अघि बढ्न सक्नुपर्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न सकिन्छ।
जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूकोसूची लामै छ। मुख्य कुरा तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने हो। मनोविज्ञानका हिसाबले आफ्ना पुराना घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। त्यस्ता घटना दोहोर्याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।
किशोरावस्था केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चात्तापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले पछि आफ्नो जीवनलाई सुखमय बनाउन सक्छन्। पुरुषहरूले कुनै बेला आफूले मन पराएकी महिलासँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। पुरुषहरूले मौका पाएका महिलासँग यौनसम्पर्क गर्न नपाएकोमा पनि पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो महिलाले भने कसैलाई छिटो विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै आफूले कल्पना गरेको व्यक्तिभन्दा अन्यसँग आफ्नो कुमारीत्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। पुरुषहरू अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर महिलाहरू जीवन बिताउन पुरुषहरूबाट दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। पुरुषहरू यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। यो प्रकृतिले लोग्नेमानिस र स्वास्नीमानिसलाई दिएको भिन्न स्वभाव हो।
कहिलेकाहीं महिलाहरू कुनै पुरुषसँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। कुमारित्व र प्रजनन क्षमता महिलाका दुई महत्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा महिलाहरूलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा, यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन क्षमता र कुमारित्व टार्न सकिँदैन। गलत मानिसबाट कुमारित्व भंग हुने कामचाहिँ रोक्न सकिन्छ। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने सम्भावनातर्फ आफूलाई केन्दि्रत गर्नुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्न सक्नुहुन्छ।
|
0 comments:
Post a Comment