Home » » पाँच महिना फेसबुक नचलाए बाबुले छोरीलाई २०० डलर दिने शर्त

पाँच महिना फेसबुक नचलाए बाबुले छोरीलाई २०० डलर दिने शर्त


बस्टनका एक बाबु र उनकी १४ वर्षीया छोरी समाचारको हेडलाइन बन्न सफल भएका छन् जब ती बाबुले फेसबुक डिएक्टिभेसनको सम्झौता पोष्ट गरे र घोषणा गरे कि यदि उनकी छोरीले पाँच महिनासम्म फेसबुक नचलाउने हो भने उनले छोरीलाई २०० डलर दिने बताए ।
अहिलेको समयमा फेसबुक एडिक्सन सबैले कुरा गर्ने विषय बनेको छ । यसले टिनएजर्सलाई निकै प्रभावित पारेको छ ।
 

तर, बस्टनका ती अभिभावकले आफ्नी छोरीलाई सोसल मिडियाबाट लामै छुट्टी लिनको लागि राम्रो तरिका अपनाएका छन्, २०० डलर दिएर । आफ्ना बाबु पल बेयरलाई उनले एग्रिमेन्टमा गराएकी छिन् । अप्रिलमा पलले छोरीलाई ५० डलर दिँदैछन् र फेसबुक नचलाएको खण्डमा जुनमा थप १५० डलर उनले दिनेछन् । ‘यो सबै उनको आइडिया हो, जसमा मैले सहमती जनाएँ,’ पलले डेल्ली डटलाई जानकारी दिए ।
‘उनी केहि पैसा कमाउन चाहन्छिन् र कहिलेकाँही फेसबुकले समय बर्बाद गरेको पनि सोच्ने गर्दछिन् ।’
यो अग्रिमेन्टलाई बैधानिक रुप दिनको लागि दुबै बाबु छोरीले फेसबुक डिएक्टिभेसन अग्रिमेन्ट भर्ने काम समेत गरे । उक्त अग्रिमेन्टका अनुसार पलले आफ्नी छोरीको फेसबुक अकाउन्टको पासवर्ड परिवर्तन गर्न अथवा पूरै डिएक्टिभेट गर्नसक्दछन् । जुन २७ तारिकमा पाँच महिनाको अवधि सद्धिनेछ र उनले फेरि आफ्नो फेसबुक चलाउन पाउने छिन् ।

0 comments:

Post a Comment

Find Us On Facebook