Home » » पद्मकन्या पढ्ने २४ वर्षीया युवती मृत फेला

पद्मकन्या पढ्ने २४ वर्षीया युवती मृत फेला


काठमाण्डौँ पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत एक युवती मृत फेला परेकी छिन् । नयाँ बजार डेरामा बस्ने २४ वर्षीया गीता चौधरी मृत फेला परेकी प्रहरीले जनाएको छ । उनको शव हातको कुईना, खुटटाको कुर्कुच्चाम घाउ भएको अवस्थामा फेला परेकेा छ ।
चारतले घरको छतमा रहेको एउटा कोठामा एक्लै बस्दै आएकी चौधरी शनिबार दिउँसो घरमै थिईन् । भाडा माझेको आवाज कोठा बाहिर आइरहेको उनका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् । ब्रेनबक्स एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने उनको शब भुईमा अर्धनग्न अवश्थामा प्रहरीले फेला पारेको थियो । कोठामा भित्रबाट चुक्कुल लगाएको र झ्याल खुल्लै रहेको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Find Us On Facebook