|
५ बैशाख यदि तपाई ब्ल्याकबेरी प्रयोगकर्ता हुनुहुन्छ, र फोनमा पोर्न फिल्म हेर्ने गर्नु हुन्छ भने होसियार ! अब ब्ल्याकबेरी मोबाईलमा पोर्न फिल्म हेर्नेको खैरेत छैन । अब तपाईको फोनले नै तपाईको जासुसी गर्नेछ र तपाईको नेटवर्कमा जोडिएका सम्पुर्ण साथीहरुलाई तपाईले पोर्न फिल्म हेरिरहनु भएको छ भनि जानकारी दिन्छ । अब अश्लिन फिल्म हेर्दा तपाईको फोनले नै तपाईलाई समस्यामा पार्न सक्छ ।
कुरो के हो भने, ब्ल्याकबेरीको मेडिया प्लेयरमा जब कुनै नयाँ भिडियो प्ले हुन्छ, तब त्यसको जानकारी फोनले स्वतः युजर बिबिएम कन्टेन्टमा पु¥याई दिन्छ ।ब्ल्याकबेरीका अनुसार उसले प्रयोगकर्ताका लागी ह्वाट आईएम लिस्टनिगं टु भन्ने एप्स डिजाईन गरेको छ । यसको माध्यमले बिबिएम कन्टेस्ट लिस्टमा रहेका साथीहरुलाई तपाईले कुन भिडियो हेरिरहनु भएको छ, भन्ने जानकारी हुन्छ ।
बिबिएम कन्टेस्टमा जानकारी शेयर भएपछि तपाईको फ्रेन्ड लिस्टमा भएका सम्पुर्ण साथीहरुलाई तपाईको मेडिया प्लेयरको गतिबिधि थाहा हुन्छ । अझ, तपाईको घरका कोहि बिबिएम कन्टेस्ट लिस्टमा भए भने त पोर्न फिल्म हेर्दा आपत नै पर्ला । तर तपाईले चिन्ता गर्नु पर्दैन, किनकी, बिबिएम सेटिङमा गएर तपाईले ह्वाट आईएम लिस्टनिगं टु लाई डिजेबल गरेर सर्भिस नै बन्द गर्न पनि सक्नु हुनेछ । ब्ल्याकबेरीको नयाँ फोन Q10 मा यस फिचर दिईएको, जसलाई तपाईले डिजेबल गर्न सक्नु हुन्छ ।
|
0 comments:
Post a Comment