Home » » एसएलसी फेल भएका दुई छात्राले कालीगण्डकीमा हाम्फाले

एसएलसी फेल भएका दुई छात्राले कालीगण्डकीमा हाम्फाले


पाल्पा – एसएलसीको रिजल्टमा फेल भएका दुई छात्राले सँगै कालीण्डीकीमा हाम्फालेका छन् । पाल्पा रामपुरको परेवाघाटमा नदीमामा हाम्फाली पाल्पा गाँडकोट-१ चिहानडाँडा घर भइ हाल रामपुर बस्दै आएकी सञ्चिता बंशी तथा रामपुर ३ मटेरीकी बविता थापाले आत्महत्या गर्ने प्रयास गरेका हुन्। उनीहरु श्री रामतुल्सी उमावि दर्छा, रामपुर पाल्पाका छात्रा हुन्।
हाम्फाले लगात्तै ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका ट्याक्टरका चालकहरुले उद्दार गरेर उनीहरूलाइ बचाएका छन्। अहिले उनीहरुको रिभर भ्याली अस्पताल रामपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
एसएलसी परीक्षामा रामतुल्सी उच्च माविमाबाट ८८ जना विद्यार्थी परीक्षामा सहभागी मध्ये १९ जना प्रथम श्रेणी, २२ जना द्वितिय श्रेणी र ३ जना तृतीय श्रेणी गरी जम्मा ४४ जना नियमिततर्फ उत्तीर्ण भएका छन्।

0 comments:

Post a Comment

Find Us On Facebook