Home » » महँगा मदिराको संसार

महँगा मदिराको संसार


काठमाडौ, भेनु : पाँचतारे हयात होटल । आमन्त्रित : गिनेचुनेका पचासजना । कार्यक्रम : एक बोतल (७ सय ५० मिलिलिटर) को ९९ हजार रुपैयाँ पर्ने हि्वस्की जोनी वाकर ओडिसीको स्वाद चखाउने । केही दिनअघि काठमाडौंमा भएको यो कार्यक्रमको अर्को विशेषता के थियो भने, पाहुनालाई मदिरा सर्व गर्नुअघि स्कटल्यान्डबाट आएका बार टेन्डरले उच्च गुणस्तरीय मदिरा कसरी पिउने भनेर सिकाए ।
'मदिरामा पानी फिटिक्कै नहाल्ने,' उक्त कार्यक्रममा आमन्त्रित एक व्यवसायीले बार टेन्डरलाई उद्धृत गर्दै भने, 'एक टुक्रा आइससम्म हाल्न सकिन्छ । पानी वा धेरै बरफ हाले मदिराको स्वाद त्यसैमा हराउने उनले बताए । ग्लास उठाएपछि केहीबेर सुगन्ध लिएरमात्र खाने र मुखमा हाल्नासाथ ननिल्ने,' महँगो रक्सी खाने तरिका उनले यसरी बताए ।  
एक बोतलको एक लाख पर्ने यो महँगो रक्सी जोनी वाकर ओडिसीले नेपाली मिडिया र सोसल मिडियामा ठूलै स्थान पाएको थियो । 'लाख, करोड हुँदै अर्बमा भ्रष्टाचार हुन थाल्दा मदिरा पनि लाख पर्ने आउन थालेछन्,' दीपक भट्टराईले फेसबुकमा लेखे, 'भ्रष्टाचार र रक्सीको नाता गज्जब हुँदो रहेछ, भ्रष्टाचार जति बढ्दै जान्छ उति महँगो रक्सी नेपाल भित्रिँदै जान्छ ।'
तर, काठमाडौंको बजारमा एउटा बोतलको दुई लाखभन्दा बढी पर्ने रक्सी पहिलेदेखि नै उपलब्ध छ । यसको चर्चा नभएकाले एक लाखकै रक्सीले सबभन्दा महँगो रक्सीको उपाधि पायो । पे|mन्च कोन्याग -लुई १३) एक बोतलको दाम २ लाख १५ हजार पर्छ । खसेर फुट्ने डरले दरबारमार्गको स्टोरमा लुई १३ को डमी राखिएको छ । जुन डमीकै दाम ४४ हजार रुपैयाँ छ । स्कच हि्वस्की 'आइल अफ स्काई' एक बोतल किन्न १ लाख २२ हजार खनखनी गन्नुपर्छ । 'यस्तो मदिराको ग्राहक एकदम सीमित हुन्छन्,' गि्रनलाइन सेन्टर -मदिरा स्टोर) का प्रबन्ध निर्देशक अमित अग्रवाल भन्छन्, 'तीसम्म सूचना पुगे भइहाल्छ, आममानिसले थाहा पाए पनि बिक्री हुने होइन ।'  गरिब मुलुकमा यस्तो मदिराको प्रचार गरेर अनावश्यक गालीमात्र खाइने उनलाई लाग्छ । यसैले उनले आफूसँग महँगो रक्सी हुँदा पनि हल्लाखल्ला गरेनन् ।
गि्रनलाइन सेन्टरको दरबारमार्गस्थित स्टोरलाई एसियाकै सबैभन्दा ठूलो -८ हजार वर्गमिटर) लिकर स्टोर दाबी गरिएको छ । इन्टरनेटका सर्च इन्जिनहरूले पनि यही देखाउँछन् । स्टोरमा करिब ६ सय ब्रान्डका रक्सी छन् । 'ती ब्रान्डमा कति हजार भेराइटीका मदिरा छन् भनेर हामीलाई पनि थाहा छैन,' स्टोरका प्रबन्धक विनोद सुवाल भन्छन्, 'गन्न सजिलो छैन, एउटै ब्रान्डमा पचासौंथरी मदिरा हुन्छन् ।'
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध निकै महँगा मदिरा यहाँ बेच्न नसकिने उनी बताउँछन् । 'अस्ट्रेलियामा छँदा एक बोतल ह्वाइट वाइन १४ लाख अस्ट्रेलियन डलरमा लिलामी भएको थियो,' सुवाल भन्छन्, 'थाहा पाउँदा झन्डै फेन्ट भएको ।' अमित पनि सिंगापुर एअरपोर्टको ड्युटी पि|mमा १२ लाख सिंगापुर डलरको वाइन लिलाममा राखेको देखेको सुनाउँछन् ।   



सय वर्षको 'हेन्ारी फोर्थ डुडगनन हेरिटेज' कोन्याक (ब्रान्डीसँग मिल्दोजुल्दो) सम्भवतः विश्वकै सबैभन्दा महँगो रक्सी मानिएको छ । हीराजडित आकर्षक हातले बनाइएको विशेष किसिमको बोतलको २० लाख अमेरिकी डलरभन्दा बढी पर्छ । यसैगरी 'द म्याकलन १९२६, डलमोर ६२' 'सिंगल हाइल्यान्ड', 'ग्लेन फिडिक १९३७' बढी रुचाइएका महँगा मदिरामा दरिएका छन् ।
मदिराका विविध वर्गीकरणमा 'एलोकेसन' र 'नर्मल' एउटा वर्गीकरण हो । एलोकेसन श्रेणीमा पर्ने मदिराको उत्पादन सीमित संख्यामा हुने भएकाले अचाक्ली महँगा हुन्छन् । किनकि बजारमा माग बढ्दैमा तिनको उत्पादन बढाइँदैन । हेन्ारी फोर्थ डुडगनन हेरिटेज कोन्याक होस् वा आइल अफ स्काईजस्ता महँगा मदिरा एलोकेसन श्रेणीमा पर्छन् । यस्ता मदिराका प्रत्येक बोतललाई विशिष्ट नम्बर र कोड दिइन्छ । पिउनेले मैले यति नम्बरको मदिरा पिएँ भनेर याद गर्छ, साथीभाइलाई सुनाउँछ । आइल अफ स्काई ४ सय बोतलमात्र उत्पादन भएको छ । गि्रनलाइनले ४० वटा बोतल भित्र्याएकोमा १३ वटा बिक्री भएको छ । यस्ता मँहगा मदिरा आफैंले पिउन होइन कि उपहार दिन प्रयोग गर्ने गरिएको पाइन्छ । एक समयमा 'ब्लु लेबल' -बोतलको १६ हजारभन्दा बढी) नै उपहारमा प्रयोग हुन्थ्यो । 'तर ब्लु लेबल क्यासिनोका ग्राहकलाई पनि सर्व हुन थालेपछि स्टाटस मेन्टेन गर्न चाहनेले त्योभन्दा महँगा मदिरा माग गर्न थाले,' महँगा मदिराको मागबारे विनोदको अनुभव छ । बोतलको ६३ हजार रुपैयाँ पर्ने २५ वर्ष पुरानोको सिभास रिगल एकैजनाले ८० बोतल किनेका छन् ।   
मदिराको गुणस्तर त्यसको आयुअनुसार हुन्छ, जति पुरानो रक्सी त्यति धेरै दाम ! 'मदिरा भनेकै सद्दे कुरालाई कुहाएर बनाइने हो,' विनोद भन्छन्, 'यसैले जति पुरानो त्यति गुणस्तरीय ।'  डिस्टिलेसन प्रक्रियाबाट तयार भएको मदिरालाई ओक भन्ने काठले बनेको ड्रममा राख्ने विधिलाई एजिङ भनिन्छ । त्यसरी भण्डार गर्ने ठाउँको तापक्रम स्थिर हुनुपर्छ । जति बढी समय त्यसरी भण्डारण गरियो त्यति नै मदिराको स्वाद र गुणस्तर बढ्छ । र, त्यसैसँग मूल्य पनि बढ्छ । यसैले एउटै ब्रान्डका मदिराको मोल उमेरअनुसार फरक हुन्छ ।
'भण्डार गर्दा लाग्ने खर्च, नासिएर कम हुने भएकाले मात्र महँगो हुने होइन,' विनोद भन्छन्, 'गुणस्तर पनि फरक पर्छ ।'  भण्डार गरिने क्षेत्र वरपरको हावापानीले पनि यस्तो अवधि तलमाथि हुनेगर्छ । भण्डार गरिएको मदिराले विशेष स्वाद र गुणस्तर प्राप्त गर्न स्थिर तापक्रम आवश्यक पर्ने भएकाले स्कटल्यान्ड, आयरल्यान्डजस्ता अति चिसो हावापानी भएका मुलुकहरूमा निकै लामो समयसम्म एजिङ गरिन्छ । र, त्यस्ता मदिराहरू बढी गुणस्तरीय पनि मानिन्छन् । ब्रान्डी, वाइन र हि्वस्कीलाई कम्तीमा ३ वर्ष र रम तथा टकिलाको औसत भण्डारण अवधि २ देखि ८ वर्षको हुन्छ । यसबाहेक ब्लेन्डिङ -मिश्रण) ले पनि हि्वस्कीको गुणस्तर निर्धारण गर्छ । भिन्न स्वाद र फ्लेवरका हि्वस्की मिलाएर बनाइने हुँदा ब्लेन्डेड हि्वस्कीप्रति मदिरा पारखीहरूको विशेष चासो रहने गरेको छ ।  वैवाहिक समारोह वा कुनै जमघटमा मदिरा पियाउने पश्चिमा चलनको सिको नेपाली समाजमा भइरहेको छ । त्यसो त जन्मदेखि मृत्युसम्मको संस्कारमा मदिरा अनिवार्य हुने जातजाति र संस्कृति नेपालको विशेषता नै हो । समयक्रममा ब्रान्ड पनि फेरिँदै गएका छन् । ब्लु लेबल र रोयल स्यालुटको स्थान तीभन्दा महँगा मदिराले लिन थालेका छन् । राजधानीका क्यासिनोमा बढी चल्तीमा रहेका कारण ब्लु लेबलले त नेपालमा क्यासिनो डि्रंक्सकै उपमा पाइसकेको छ । तथापि नियमित सेवनका हिसाबले आज पनि ब्लु लेबल उच्च वर्गमै सीमित रहेको मदिरा व्यवसायी बताउँछन् ।
करिब एक दशकअघि जोनी वाकर कम्पनीले गरेको विश्वव्यापी सर्वेक्षणले प्रत्येक सेकेन्डमा तीनवटा रेड लेबल बोतल बिक्री हुने गरेको तथ्य बाहिर ल्याएको थियो । त्यसताका जोनी वाकर भन्नेबित्तिकै रेड लेबल भन्ने थियो । तर, अहिले पश्चिमा मुलुकहरूमा मात्र नभई नेपालमा पनि अन्य ब्रान्ड र थरीका मदिराका उपलब्ध हुन थालेका छन् । साथै यस्ता पारखीहरू पनि बढ्ने क्रममा छन् । राजधानीका चोकचोकमा ठड्याएका मदिराका होर्डिङ बोर्डले पनि नेपालको मदिरा बजारको विकासक्रमलाई केही हदसम्म प्रतिविम्बित गर्छन् । केही वर्षअघिसम्म विदेशी ब्रान्डमा रेड लेबलका होर्डिङ बोर्ड मात्र भेटिन्थे भने अहिले त्यसको ठाउँ ब्ल्याक लेबल र सिभास रिगलले लिएका छन् । यसले पनि नेपालको विदेशी मदिराको बजार र मदिरा पारखीहरूको रुचिमा आएको बदलाव झल्काउँछ । तर, करिब डेढ दशकभन्दा बढी अस्ट्रेलियलगायतका मुलुकको मदिरा उद्योग र कारोबारको अनुभव सँगालेका सुवालको अनुभवमा विदेशी मदिरा पारखीहरू ब्रान्ड र डिजाइनभन्दा पनि स्वादलाई महत्त्व दिन्छन् जबकि नेपालमा भने त्यसको ठीक उल्टो आकर्षक बोतल र प्याकेजिङप्रति बढी चासो राख्ने गरिएको छ ।
धेरैजसो पारखी एउटा स्वाद बसेपछि त्यसैलाई आफ्नो ब्रान्ड बनाएर मस्त हुन्छन् । र, थरीथरीका मदिराको स्वादबाट वञ्चित हुन्छन् । मदिरामध्ये हि्वस्की, नेपाल र नेपालीको पि्रय डि्रंक्समा दरिएको छ । जोनी वाकर कम्पनीका रेड लेबल, ब्ल्याक लेबलजस्ता पेयमा रमाउने कतिपय पारखीहरू सिङ्गल माल्टतर्फ पनि आकषिर्त हुँदै गएको सुवालको अनुभव छ । काठमाडौंमा विशेषगरी ड्राई वाइनको माग बढी रहेको तर राजधानीबाहिर भने स्विट वाइन बढी रुचाइने गरेको छ । तर, अधिकांश नेपालीले स्वाद र ब्रान्ड पहिचान गरेरभन्दा पनि अरूको लहलहै र देखासिकी गरेर वाइन पिउने गरेको व्यवसायीहरू बताउँछन् । त्यसैले होला, हजारथरीका मदिराको भण्डार रहेको गि्रनलाइनमै पनि रेडलेबल, ब्ल्याक लेबल, भ्याट ६९ र सिभास रिगलको माग चर्को छ । तैपनि मदिरा पारखीमाझ मदिराप्रति चासो बढ्दो छ । सिंगलमाल्टले जोनी वाकरसँग दूरी घटाउँदै छ । हुनेखानेमा अहिले सिंगलमाल्ट स्टाटस मेन्टेन गर्ने माध्यम बन्दै गएको छ । सहरमा अहिले सिंगलमाल्टमा ग्लिनिफिडिक सबैभन्दा चलेको छ । ब्ल्याक लेबल, सिभास रिगलजस्ता चल्तीका पेयलाई गतिलो टक्कर दिन थालेका छन् सिंगल माल्ट हि्वस्कीले । माल्ट हि्वस्कीमा पनि सिंगल, डबल, टि्रपल, प्योर र हाई गरी पाँचथरीका पाइन्छन् । ब्रान्डीहरूमध्ये कोन्याक सिरिजका ब्रान्डी विशिष्ट मानिन्छन् ।
पि|mक आउटका लागि काठमाडौंको ठमेल र पोखराको लेकसाइडका रेस्टुरेन्ट पुग्ने अधिकांश युवाको पहिलो रोजाइ हुने गरेको छ 'टकिला सट' । कागतीको टुक्रा र हर्थुंगोमा राखेको नुन चाट्दै घुटुक्क पारिने मेक्सिन 'टकिला' को सटमा नझुम्ने युवा जमात बिरलै भेटिन्छन् । तर, त्यसको स्वादलाई समेत मात गर्छ पेट्रोनले । त्यसैगरी भरमाउथ, सेरीजस्ता लिकरहरूको स्वाद बेग्लै हुन्छ ।

0 comments:

Post a Comment

Find Us On Facebook