|
नेपालगन्ज, असार ४ – महाकाली नदिमा आएको भीषण बाढीले अछाम र बैतडीमा चार जनाको मृत्यु भएको छ । अछामको कुन्तीबन्डाली गाविस ३ मिनेन्द्र बोगटीको घर भत्किदा उनको पत्नी र छोरीको मृत्यु भएको हो ।
बैतडीको सिद्धेश्वर गाविसमा बाढीले घर भत्किदा २ को मृत्यु भएको छ भने तीन बेपत्ता छन् । महाकाली नदिको बहाब आज पनि उस्तै छ ।
गगुडाकी ४१ बषिर्या देवी बोगटी स्थानिय रौवा खोला तर्न लाग्दा बेपत्ता भएको गगुडा गाबिसका पूर्व अध्यक्ष गणेश बोगटीले जानकारी दिनु भएको छ ।
दार्चुलाको सदरमुकाम खलंगामा प्रशासनका आकस्मिक बैठक बोलाइएको छ । दार्चुलामा ११ सरकारी कार्यालयसहित ५९ घर बगाएको छ । दार्चुलाको डोजिजीबी भन्ने स्थानमा रहेको नयाँ झोलुंगे पुल आज बगाएको छ । उक्त स्थानमा रहेको पुरानो पुल हिजो बगाएको थियो । नेपाल भारत जोड्ने नाकाका उक्त पुल बगाएपछि त्यस क्षेत्रका जनता प्रभावित हुनेछन् ।
त्यस्तै, कञ्चनपुरको दोधारा र चाँदनी तथा भीमदत्त नगरपालिका ११ को भुजेला क्षेत्रका नदि किनारको बस्तीमा महाकालीमा आएको बाढी बस्न थालेपछि करिब १५० परिवार बिस्थापित भएका छन् ।
दोधारा गाविस ६ र ७ वडाका ४३ परिवार गएराति देखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिएका छन् । त्यस्तै, चाँदनी गाविसका ६० परिवार सुरक्षित स्थानमा सरेका छन् । यता, भुजेलाका करिब ६० परिवार गएराति देखि नै बस्तीमा पानी पस्न थालेपछि आफन्तकहाँ र सुरक्षित स्थानमा सरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बिर्खबहादुर रावलका अनुसार कञ्चनपुरको बर्मदेवमा रहेको टनकपुर बाँध उच्च जाखिममा परेको छ । बाढीले बाँध कटान गर्न थालेपछि भारतीय पक्षबाट बााधको मर्मत कार्य भइरहेको छ । बाढीले भुजेलाको जनज्योत प्रावि भत्काएको छ । त्यहाँका चार वटा पसलमा पानी पसेर क्षति पुर्याएको छ ।
यसैगरी, कुडा गाविस ५ सुन्दरपुर टोलमा बाढी बसेर ३० परिवार बिस्थापित भएका छन् । मंगलबार बिहान ७ बजे महाकालीको बवाब चार लाख ४० हजार क्यूसेक गरिएको छ । सोमबार साँझ जलस्तर केही घटेपनि रातिदेखि बाढी बढ्दै गएको छ ।
|
0 comments:
Post a Comment