Home » » ‘मेरो पिताले गरे ममाथि यौनशोषण’

‘मेरो पिताले गरे ममाथि यौनशोषण’


एक जर्मन फिल्म स्टारकी छोरीले आफ्नै पितामाथि आरोप लगाएकी छन्, यौन शोषणको । दिवंगत फिल्म स्टार क्लाअस किन्स्कीलाई आफ्नै छोरी पोलाले यस्तो आरोप लगाएकी हुन् । पाँच वर्षको उमेरदेखि १९ वर्षसम्म निरन्तर आफ्नो पिताले यौन शोषण गरेको पोलाले वताएकी छिन् ।
पिताको दिवंगत भएको २० वर्षपछि पनि उनको प्रशंसा भइरहेले आफुले सो पचाउन नसकेको छोरीको भनाइ छ । 
किन्स्कीले १९७० देखि ८० को दशकमा निर्देशक वर्नर हर्जोगका केहि अत्यान्तै लोकप्रिय फिल्ममा अभिनय गरेका थिए ।
यता किन्स्कीका जीवनीकार क्रिस्च्यिन डेविडले त्यसबेला किन्स्की र उनकी छोरीको सम्वन्ध अफवाह भएको वताएका छन् । उनले विविसीसँग कुराकानी गर्दै भनेका छन्, ‘जर्मनमा किन्स्कीको प्रशंसक अत्याधिक थिए । कतिपयले त उनलाई पूजा गर्न समेत तत्पर हुन्थे । तर, अवको समयमा उनको त्यो छवी उस्तै रहदैन ।

पोला किन्स्की आफै पनि एक अभिनेत्री हुन् । उनले आफ्नो जीवनी द माउथ्स अफ बेब्सको विमोचन अघि जर्मन पत्रिका 'स्टर्न'  सँगको साक्षतकारमा भनेकी छिन्, ‘यो  प्राकृतिक हो  । दुनियाभरका पिता आफ्ना छोरीसँग यस्तै गर्छन् ।’ पोलाले वर्षौसम्म यो कुरालाई गोप्य राखिन् । किनभने उनलाई पिताले यस सम्वन्धमा वाहिर कुरा गर्न मनाही गरेका थिए । यो खवर सार्वजनिक भएपछि केहि जर्मनीहरुले शोसल मिडिया मार्फत दिवंगत अभिनेताको निन्दा गरेका छन् ।
 सन् १९७० र ८० को दशकमा सर्वाधिक चर्चामा रहेका क्लाअसको निधन ६५ वर्षको उमेरमा सन् १९९१ मा भएको थियो । पोल्याण्डमा सन् १९२६ मा जन्मेका उनले दोस्रो विश्वयुद्धका बेला जर्मनी सेनामा काम गरेका थिए ।
आफ्ना स्वर्गीय पितामाथि पोलाले जघन्य आरोप लगाएपछि सोसियल मिडियामा किन्स्कीको आलोचना हुन थालेको छ । तर, किन्स्कीका जीवनी लेखक क्रिश्चियन डेबिडले भने पोलाको आरोपको बचाऊ गरेका छन् । डेबिटको दाबी छ, किन्स्की जिवित रहेकै बेलामा पनि बाबु(छोरीको सम्बन्धबारे हल्ला चलेको थियो ।

0 comments:

Post a Comment

Find Us On Facebook