|
चलचित्र ‘हाइवे टु धम्पुस’को छायांकनको सिलसिलामा अमेरिका पुगेका नायक राजवल्लभ कोइराला नेपाल नर्फकने हुन् कि भन्ने शंका धेरैले गरेका थिए । आधा बर्षसम्म नेपाल नफर्किएपछि राजवल्लभ पनि अमेरिकामा नै रमाउने भए भन्ने अड्कल पनि काटिएको थियो । तर हप्ता दिन अघि उनी सुटुक्क नेपाल आए ।
नेपाल आउँदा न उनले कुनै हल्ला गरे, न त मिडियाको सम्पर्कमा नै आए ।अमेरिकाबाट फर्केका राजवल्लभ चलचित्र बिकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र महोत्सव’मा सहभागी हुँदा मात्र चलचित्रकर्मी र पत्रकारले साक्षात्कार गर्न पाएका थिए । धरान महोत्सवमा २ दिन बस्दा राजवल्लभले निक्कै रमाइलो गरे । उनले अमेरिका फेरी र्फकने बताएका छन् । ‘चलचित्रको प्रमोशनका लागि सेम्टेम्बरमा अमेरिका जान्छु होला’, राजवल्लभले भने ।
नेपाली सिनेमाको बिग्रदो अवस्था देखेर साह्रै दुख लागेको तर्क उनले सुनाए । राजवल्लभ भन्छन्, ‘नेपाली सिनेमा सधै यस्तै हुने हो त ?’ उनले समयलाई समयमै चिन्नु पर्ने धारणा राख्दै भने, ‘के गर्नु आफ्नो भविष्यको बारेमा पनि सोच्नै पर्यो नि ?’ नेपाली कलाकारको अनुहारमा फिक्का हाँसो देख्दा धेरै दुख लागेको बताउछन् राजवल्लभ । उनी भन्छन्, ‘सबै जना हाँसेका छन् तर फिक्का मात्र देख्छु ।’उनले अष्ट्रेलियामा छायांकन भएको चलचित्र ‘ऋतु’मा पनि अभिनय गरेका छन् । धरान महोत्सवमा पुग्दा राजवल्लभले रिक्सा चलाएर रमाइलो पनि गरे । अमेरिका पुगेपछि कोइरालाको सोच फेरिएको छ । राज भन्छन्, ‘भाग्यले मलाई एउटा अवसर खडा गरिदियो र म त्यहाँ पुगे ।’
उनले अब छिट्टै विभिन्न चर्चित फिल्म फेष्टिबलमा आफू सहभागी हुने जानकारी पनि गराए । राज भन्छन्, ‘त्यहाँ आएका धेरै देशका कलाकारलाई म नेपालको कलाकार भन्दा देशका लागि पनि त गर्व हुन्छ नि हैन ।’
|
0 comments:
Post a Comment