|

ज्यानै समेत लिन्छन् । मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि
सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।
कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ
।
कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो । मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ । ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ । त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तमउपाय हो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
0 comments:
Post a Comment