|
हुन त आफुले मन पराएकी कुनै केटीसामु प्रेम प्रस्ताव राख्दा डराउनु तथा आत्तिनु कुनै नौलो कुरा होइन । तर एक अध्ययनले के देखाएको छ भने यसरी प्रेमप्रस्ताव राख्दा अधिकांस पुरुषले होस नै गुमाएका हुन्छन् ।
अध्ययन अनुसार स्त्री तथा पुरुष दुबै प्रेमको विषयमा अलग अलग सोँच राख्दछन् । महिलाले कुनै पुरुषसामु प्रेमप्रस्ताव राख्नुपर्यो भने निकै सोँचविचार गरेर ढुक्क मन बनाएर पर्पोज गर्छन् तर पुरुष भने लहडी पारामा बेहोसी बनेर आइ लभ यु भनिहाल्छन् ।
ग्लामर पत्रिकाले गरेको सर्भे अनुसार सयमा ५६ जना पुरुषले आफुले कुनै केटीसँग प्रेम प्रस्ताव राख्दा होस गुमाउने गरेको बताएका छन् । यस्तै सयमा २३ जना पुरुषले आफुले जाँडको नसामा डुबेर प्रेमप्रस्ताव राख्ने गरेको बताए ।
सर्भेक्षणको नतिजाले नसामा डुबेर तथा कसैको लहलहैमा तथा कुर्कुरे बैँसमा लहरिएर धेरै किशोर तथा युवकहरुले आफ्नो धरातल बिर्सिन्छन्, यथार्थलाई भुलिदिन्छन् र कुनै केटी मन पर्यो भने गुलाब लिएर अघि बढ्छन् ।
|
0 comments:
Post a Comment