|
मन्थली, जेष्ठ २२ – चनखुका ५५ बर्षीय एक बृद्धले बलात्कार आरोप प्रणणित भए बृढेसकालको दैनिकी जेलमा बिताउनुपर्ने हुन्छ । ४ छोरी र ३ छोराका वावुलाई नातामा आफ्नै वुहारी पर्नेलाई बलत्कार गरी गर्भ वोकाएको आरोप लागेको छ । हाल उनी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक राजेन्द्र थापाका अनुसार रामेछापको चनखु ४ का ५५ बर्षीय फौदसिं खत्रीलाई २३ बर्षीया बुहारीलाई बलात्कार गरी गर्भ बोकाएको अभियोगमा गाउालेले पक्राउ गरी बुझाएका हुन् । उनीसँगै ५ महिनाकी गर्भ भएकी बुहारीसमेत गाउँलेले प्रहरीलाई वुझाएका छन् ।
दुईलाई जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन करिब ७० जना गाउँले आएका थिए ।
पानी लिन भनी पधेरामा पुगेकी एक सन्तानकी आमालाई फौदसिंले समाएर बलात्कार गरेको आरोप महिलाले लगाएकी छन् । जिल्ला प्रहरी कार्यालयमा पुगेकी ति महिलाले ससुराले पधेरामा समाएर टोपीले मुख छोपी बलात्कार गरेको बताएकी छन् ।
केहि दिन अघि गाउँमा पुगेको स्वास्थ्य शिविरमा जचाउादा गर्भ रहेको जानकारी पाएपछि उनले घटनाको बारे अरुलाई बताएकी थिइन् । पति बाहिर गएको बेला भएको उक्त घटनामा सम्लग्न फौदसिंलाई कार्वाहीको माग गर्दै गाउँलेले जिल्ला प्रहरी कार्यालयसम्म लैजाने निर्णय लिएका थिए ।
फौदसिंले अपराध स्वीकारेका छैनन् । डीएनए परीक्षण गराएर प्रमाणीत भएपछि मात्र स्वीकार्ने फौदसिंको भनाई छ । फौदसिंलाई यस्तै अर्को काण्डमा केही बर्षअघि गाउालले कालोमोसो र जुत्ताको माला समेत लगाएर गाउा घुमाएका थिए ।
|
0 comments:
Post a Comment