|
नायिका सुष्मा कार्कीले छायांकन स्थलमै प्रेमिलाई लगेर प्रेमलाप गर्न थालेपछि ‘वार’ युनिटले उनलाई हटाएको थियो । सुष्मा हाल चलचित्र ‘विन्दास २’ को छायांकनमा व्यस्त छिन् । यता ‘वार’को युनिटले भने आफ्नो फष्ट लुक सार्वजनिक गर्दै चलचित्रको प्रचार सुरु गरेको छ ।
भट्ट ग्रुप फिल्म मेकर्स प्रालीको ब्यानरमा तयार भएको यो चलचित्र पूर्णतया द्वन्द्व प्रधान रहेको निर्माणपक्षले बताएको छ । चलचित्रमा निता ढुंगाना, कृष्ण भट्ट, दिनेश शर्मा, पुष्कर भट्ट, अप्सरा घिमिरे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा मानव सुवेदी र निरजराज पौडेलको संगीत, बनिष शाहको सम्पादन, बब्बु थापाको नृत्य निर्देशन, सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व छ । चलचित्रको कार्यकारी निर्माता र लेखक किशोर भट्ट हुन् । सुवोध भट्टको निर्माणमा तयार भएको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।
|
0 comments:
Post a Comment