Posted by Nepal no 1 news site
Posted on 11:54 PM
with No comments

सिङ्गापुरको एक घरमा काम गर्दै आएकी एक महिलाले आफैले काम गर्ने घरका सदस्यहरुसँग असन्तुष्ट भएपछि महिनावारी हुँदाको रगत मिसाएर कफी तयार गरी खुवाएकी छन् । इन्डोनेशीयाकी २४ वर्षीया जुमिया नाम गरेकी ती महिलाले गत अगस्टमा आफ्नो मागहरु पुरा नगरिएको भन्दै रोजगार दिने व्यक्तिलाई नै यस्तो गरेकी हुन् । सेवासुविधा लगायतका विषयमा मालिकले वेवास्ता गरेको भन्दै यस्तो निर्णय लिएको उनले जनाएकी छन् । समाचारहरुमा जनाइए अनुसार उनले प्लाष्टिकको बोतलमा महिनावारी हुँदाको रगत जम्मा गर्ने गरेकी थिइन् । जुमियाले महिनावारी हुँदा आउने रगत मिसाएर रोजगार दिलाइदिने व्यक्तिको आमालाई खुवाउने तयारी गरेपनि उनका एक साथीले काम दिने व्यक्तिलाई नै खुवाउन उक्साएका थिए । जुमियाले आफ्नो माग पुरा नगरेको आक्रोशमा यस्तो क्रियाकलाप गरेको जनाइएको छ । त्यस लगत्तै उनी विरुद्ध परेको मुद्धामा सुनुवाई गर्दै सिङ्गापुरको एक अदालतले जुमियालाई एक महिना हिरासतमा राख्न आदेश दिएको एएफपीले जनाएको छ ।
0 comments:
Post a Comment