|

यसपश्चात उनले चलचित्र ‘सानो संसार’को ‘सानो छ गाउँ’ बोलको गीत गाएर सिने नगरीमा पनि पाइला राखे । उनै बाबु बोगटी ७ बर्षपछि आफ्नो पुरानै परिचयमा फर्किएका छन् ।चलचित्रको नायक भएपछि एल्बम निकाल्न नपाएका बाबुले ७ बर्षपछि ‘प्रायश्चित’ एल्बम बजारमा ल्याएका हुन् ।
यो एल्बमको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सिने नगरीका चर्चित नायक राजेश हमालले बिमोचन गरेका छन् । एल्बममा ७ गीत समावेश गरिएको छ । जसमा बाुब बोगटीले नै संगीत भरेका छन् ।
एल्बममा समावेश गीतमा राजेन घतानी, प्रकाश पोख्रेल, तिर्थ दाहाल, शित्तल कादम्बिनी, जी.एम प्रधान, शुसन खड्काको शब्द छ ।कार्यक्रममा एल्बममा समावेश ‘बाटो’ बोलको गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । भिडियोमा केकी अधिकारी र उत्तम गजमेरले अभिनय गरेका छन् । भिडियोमा निर्मल लामाको निर्देशन, हरि हुँमागाइको छायांकन छ ।
कार्यक्रममा बोल्दै नायक राजेश हमालले बाबु बोगटीको गायन र अभिनय कलाबाट आफू प्रभावित भएको बताए । यस्तै गायक बाबु बोगटीले कार्य व्यस्तताले गर्दा एल्बम निकाल्न नसकेको बताएका थिए ।
कार्यक्रममा गायक सत्यराज आचार्यले एल्बमको समिक्षा गरेका थिए ।कार्यक्रम संचालन गरिरहेका निर्माता राजेश घतानीले नायक राजेश हमालबाट आफू अत्यन्त प्रभावित भएर आफ्नो नाम परिवर्तन गरेको बताए ।
उनले आफ्नो नाम तेजबहादुर हमाल रहेको खुलाएका थिए । यसपश्चात नायक राजेश हमालले पनि राजेश घतानीबाट आफू प्रभावित भएको भन्दै कुनै दिन आफ्नो नाम तेजबहादुर हमाल भएको खण्डमा आश्चर्य नमान्न भन्दै ठट्यौली गरेका थिए ।
|
0 comments:
Post a Comment