Home » » सबभन्दा सेक्सी देश कुन हो थाहा छ ?

सबभन्दा सेक्सी देश कुन हो थाहा छ ?


व्यस्त जीवन शैलीले आमनागरिकमा यौन प्रतिको रुचिमा कमी हुँदै गइरहेको छ । तर, गि्रसका नागरिकले अझैं पनि यौन र कामोत्तेजनालाई प्राथमिकता दिन्छन् । त्यहाँका ८७ प्रतिशत जनता सातामा एकपटक भए पनि यसको आनन्द लिन्छन् । 'डुरेक्स' को सर्भे प्रतिवेदनमा उल्लेख गरिएका संसारभरिका १० कामोत्तेजक मुलुकको सूचीमा सबभन्दा अगाडि गि्रस छ । यो सर्भेमा सेक्स गर्ने उमेर, जीवनको प्राथमिकता र यौन संसर्ग गर्ने अवधिबारे प्रश्न गरिएको थियो । त्यहाँका नागरिकले चिटचिट पसिना आउने गरी गरिने यौनक्रीडा स्वास्थ्यका लागि पनि राम्रो भएकोले महत्त्व दिएको बताए । सातामा कम्तीमा एकपटक यसलाई अनिवार्य गर्दै आएको उनीहरूले बताए ।

यो सूचीमा ब्राजिलले दोस्रो स्थान प्राप्त गरेको छ । त्यहाँका ८२ प्रतिशत जनताले सातामा एकपटक यौन आनन्द लिने गरेको स्वीकारे । कुरा चपाउने, घुसघुसे र दोहोरो चरित्रका भन्दा पनि यसबारेमा खुलेर संवाद गर्नेलाई सर्भेमा सहभागी गराइएको थियो ।

यो सुन्दर र अद्भुत सर्भेको सूचीमा रुस (८० प्रतिशत), चीन (७८ प्रतिशत), इटाली (७६ प्रतिशत), पोल्यान्ड (७६ प्रतिशत), मलेसिया (७४ प्रतिशत ), स्विट्जरल्यान्ड (७२ प्रतिशत), स्पेन (७२ प्रतिशत) र मेक्सिको (७१ प्रतिशत) छ । उल्लेखनीय पक्ष के छ भने, यो सूचीमा क्यानाडा र अमेरिकाको नाउँ छैन । एक अर्को शोधअनुसार क्यानाडा र अमेरिकाका एक तिहाइ जनता जीवनपर्यन्तसम्म १० देखि १२ जनासम्म यौनसाथी राख्ने गरेको देखिएको छ । डुरेक्सको सर्भेमा सातामा कम्तीमा एकपटक समागम गर्नेमा अमेरिका (५३ प्रतिशत), बेलायत (५५ प्रतिशत) र क्यानाडा (५९ प्रतिशत) छन् ।

0 comments:

Post a Comment

Find Us On Facebook